Logo

बलिउड अभिनेता राजीव कपुरको निधन

                     
Logo 2021-02-09 06:02     Desk

13

बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ । हृदयाघातका कारण राजीवको मंगलबार ५८ वर्षको उमेरमा निधन भएको हो । हृदयाघात भएपछि अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा निधन भएको परिवारले पुष्टि गरेको छ । राजीवकी भाउजू नीतु कपुरले सामाजिक सञ्जालमा राजीवको फोटो पोस्ट गर्दै 'हार्दिक श्रद्धाञ्जलि' लेखेकी छिन् ।

‘एक जान है हम’ बाट अभिनयमा डेब्यु गरेका राजीवले ‘राम तेरी गंगा मैली, आसमान, लभर ब्वाई, जबर्जस्त, हम तो चले प्रदेश, जमिनदार’ लगायतका चलचित्रमा काम गरेका छन् । राजीव अभिनेता ऋषि कपुरका आफ्नै भाइ हुन् । दाइको निधन भएको एक वर्ष नपुग्दै राजीवको पनि निधन भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?