Logo

ओली नेतृत्वको नेकपा नै आधिकारिक : मन्त्री गुरुङ

                     
Logo 2021-02-09 06:02     Desk

13

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् ।  मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्री ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका हुन् ।

प्रचण्ड–माधव पक्षले दाबी गर्ने हद म्याद  सकिएपछि निर्वाचन आयोगको कानुन, नीति, नियमलाई नबुझेर दाबी गरेको उनको भनाइ छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता ओलीलाई मात्रै चिनेको उनले दाबी गरे ।

मन्त्री गुरुङले निर्वाचन आयोगको निर्णयमा आफूहरुलाई विश्वास रहेको पनि बताए । ओली नेतृत्वको पार्टी नै आधिकारिक पार्टी हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।


लोकप्रिय छुटाउनुभयो कि ?