Logo

कांग्रेस अरु दलसँग मिलेर संयुक्त आन्दोलनमा जाँदैन : शशांक कोइराला

                     
Logo 2021-02-08 09:02     Desk

13

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नपर्ने बताएका छन् । सुशील कोइराला सोसलिस्ट युथ सर्कलले सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौँ स्मृति दिवसमा काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका हुन् ।

कांग्रेसको आफ्नै  विचार र अस्तित्व भएकाले संयुक्त आन्दोलनमा जान नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए । महामन्त्री कोइरालाले आफ्ना कार्यकर्तालाई एकजुट बनाएर लैजान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?