Logo

यी ११ कम्पनीको शेयर कारोबार रोक्का

                     
Logo 2021-02-08 09:02     Desk

13

सूचीकृत ११ वटा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको जानकारी गराएको हाे ।

धितोपत्र बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड (सेबाेन)ले नेप्सेलाई समयमै प्रतिवेदन नबुझाउने तथा वार्षिक साधारणसभा नगर्ने कम्पनीको विस्तृत विवरण छानबिन गरी कारोबार रोक्का राख्न निर्देशन दिएपछि नेप्सेले छानबिन सुरु गरेको थियो ।

छानबिनपछि नेप्सेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ तथा सूचीकरण विनियमावलीअनुसार पेस गर्नुपर्ने विवरणहरू पेस नगरेकाले दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको जनाएको छ ।

कारोबार रोक्कामा पर्नेमा जलविद्युत क्षेत्रका कम्पनी धेरै छन् । नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रो र युनियन हाइड्रोको शेयर कारोबार रोक्का भएको छ ।

जीवन बीमातर्फको गुराँस लाइफ इन्स्योरेन्स, विकास बैंकतर्फ कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का राखिएको छ । लघुवित्ततर्फ कालिका लघुवित्त, र नेसनल माइक्रोफाइनान्सको कारोबार रोक्का गरिएको नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?