Logo

नेकपा प्रचण्ड-माधव समूहको विरोधसभामा सबै केन्द्रीय नेता सडकमा उत्रिने

                     
Logo 2021-02-08 09:02     Desk

13

प्रतिनिधिसभा विघटनविरुद्ध २८ माघमा आयोजित विरोधसभामा नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय तहका सबै नेता सडकमा उत्रिने भएका छन् ।

राजधानीका पाँच स्थलबाट निस्कने जुलुस केन्द्रीय नेताको नेतृत्वमा आउने केन्द्रीय संघर्ष समितिले जनाएको छ । ११ बजेबाट जुलुस सुरु हुने र १२ बजे मूल जुलुस निस्कने समितिले बताएको छ ।

मूल जुलुस सुन्धारा-वीर अस्पताल-जमल-घण्टाघर-बागबजार- पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनी मार्गको परिक्रमा गर्दै  भृकुटीमण्डपस्थित सभास्थलमा पुग्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?