Logo

ओली रक्षात्मक भइसके : प्रचण्ड

                     
Logo 2021-02-08 08:02     Desk

13

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी ओली रक्षात्मक चरणमा पुगेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय परिषद्को बैठकमा प्रचण्डले ओली रक्षात्मक चरणमा प्रवेश गरेको बताएका हुन् ।

राजनीतिक मुद्दाको हिसाबले पहिला नै ओली हारिसकेको र अहिले जनताको सहभागीताले पनि अस्वीकृत भइसकेको उनले बताए । केही दिनअघिसम्म खुबै धाकधक्कु लगाउने ओलीले शक्ति प्रदर्शन भनेको २३ माघको सभामा ३० हजारभन्दा बढी मान्छे ल्याउन नसकेपछि झनै रक्षात्मक भएको प्रचण्डको दाबी थियो ।

प्रचण्डले भने ‘अस्तिसम्म त धाकधक्कु लगाउनुहुन्थ्यो, अस्तिको सभामा सुरक्षा संगठनका मान्छेले ३० हजारभन्दा बढी देखिएन भनेपछि धेरै मान्छे किन ल्याउन सकिएन भने र एकअर्कामा गाली गर्दै हिँड्न थालेका छन् ।’

त्यसैगरी, प्रचण्डले प्रधानमन्त्री ओली बुद्धिजीवीसँग तर्सिने गरेको आरोप पनि लगाएका छन् । प्रचण्डले भने, ‘बौद्धिक र क्रान्तिकारी मान्छे आफ्नो पक्षमा लाग्दैनन् भनेर उहाँ (ओली) शिक्षक र बुद्धिजीविसँग तर्सिनुहुन्छ, उहाँलाई हनुमान, दास, अन्धभक्त चाहिने, शिक्षकहरू त्यस्तो हुँदैनन् ।’


लोकप्रिय छुटाउनुभयो कि ?