Logo

पत्रकारहरूले पनि लगाए कोरोनाविरुद्धको खोप

                     
Logo 2021-02-08 03:02     Desk

13

सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो । काठमाडौंमा निजामती कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ।

कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुसी व्यक्त गरेका छन् । फ्रन्टलाइनमा काम गर्ने पत्रकारलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई विरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।

पत्रकारले फ्रन्टलाइनमा काम गर्ने अन्य पेसा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिलाई पनि छिटोभन्दा छिटो कोभिड–१९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?