Logo

रिसाउँदै प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंले धेरै बोल्नुभयो, अब छोडिदिनुस् न !

                     
Logo 2021-02-08 03:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका अधिवक्ता ईश्वरी भट्टराईले तोकिएभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिसाएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता भट्टराईले तोकिएको १५ मिनेटभन्दा बढी समय लिएका थिए ।

साढे ११ मा बहस सुरु गरेका भट्टराईले आधा घण्टाभन्दा बढी समय लिएपछि प्रधानन्यायाधीश राणाले भने, '१५ मिनेट भनेको धेरै बोल्नुभयो, तपाईँको समय धेरै गाइसक्यो जानुहोस् ।  अब बहस नगर्नुहोस्, छोडिदिनुहोस् न ! '

अधिवक्ता भट्टराईले बहस लम्ब्याउन थालेपछि रिसाउँदै प्रधानन्यायाधीश राणाले भने, 'हाम्राे बाध्यतालाई हेर्नु हुन्न तपाईंहरू । गाह्रो नि हामीलाई, तपाईंहरू भनेकै मान्नु हुन्न !' यसअघि शुक्रबार प्रधानन्यायाधीश राणाले अधिवक्ताहरूलाई १५ देखि २० मिनेटभित्र बहस सक्न निर्देशन दिएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?