Logo

चिसो अझै केही दिन रहने, तराईमा हुस्सु लाग्ने

                     
Logo 2021-02-08 12:02     Desk

13

मौसम पूर्वानुमान महाशाखाले चिसो अझै रहिरहने जनाएको छ । त्यस्तै तराईका भूभागहरुमा हुस्सु कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नभएको जानकारी दिँदै महाशाखाले देशभरको मौसम सामान्यताया सफा रहने उल्लेख गरेको छ ।

महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ । मंगलबार राति पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?