Logo

पूर्वको गौरव सप्तकोसी सिमेन्टको प्रयोग सर्वत्र, ताप्लेजुङ स्थित तमोर नदीमा निर्माण भइरहेको ७३ मेघावाट जलविद्युत आयोजनाको पावर हाउस र सुरुङ निर्माण जारी

                     
Logo 2021-02-07 08:02     Hamro Biratnagar

13

पूर्वको गौरव सप्तकोसी सिमेन्टको प्रयोग सर्वत्र, ताप्लेजुङ स्थित तमोर नदीमा निर्माण भइरहेको ७३ मेघावाटको पावर हाउस र सुरुङ निर्माण हुँदै

विराटनगर, २४ माघ । विराटनगर, २५ माघ । ‘पूर्वकै गौरव’ मुल नारा लिइ सिमेन्ट उत्पादन र विक्रिवितरण गर्दै आइरहेको सप्तकोसी सिमेन्ट प्रा.लि.का उत्पादनको अहिले सर्वत्र प्रयोग बढ्दै गइरहेको छ । ओ.पि.सि र पि.पि.सि. गरि दुई खालका सिमेन्ट बजारमा उपलब्ध गराउँदै आइरहेको सप्तकोसी सिमेन्ट अहिले प्रदेश १ का अधिकांस विकास निर्माणका ठुला आयोजनादेखि साना आयोजनालगायत राष्ट्रिय गौरवका रुपमा रहेका अधिकांस आयोजनामा यसको प्रयोग बढ्दै गइरहेको छ ।

गुणस्तरीयता र वातावरणमैत्री आधुनिक टेक्नोलोजिलाई आत्मसाथ गर्दै आएको सप्तकोसी सिमेन्ट ताप्लेजुङको मित्लुङस्थित तमोर नदीमा निर्माणाधिन सानिमा मध्य तमोर हाइड्रोपावर परियोजनामा पावर हाउस र सुरुङ निर्माणार्थ प्रयोग हुँदै आइरहेको छ ।

७३ मेघावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित सन् २०१८ अगष्ट महिनादेखि निर्माण कार्य सुचारु गरेको उक्त आयोजनाको लागत खर्च १३ अर्ब रुपैयाँ रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण थप एक अर्ब रुपैयाँ लागत बढ्ने अनुमान गरिएको छ । आयोजनको पावर हाउस र सुरुङ निर्माणमा सप्तकोसी सिमेन्टको प्रयोग भएको हो ।

उक्त हाइड्रोपावर परियोजना निर्माण कार्यको. जिम्मेवारी पाएको चाइनिज ठेकेदार कम्पनी झेजिहाङ्ग फस्ट हाइड्रो पावर ग्रुप प्रा.लिका प्रतिनिधि डु झाउ पेङ्गका अनुसार परियोजना सम्पन्न भएलगत्तै प्रदेश १ का साविक मेची र कोशी अञ्चलमा विद्युप आपूर्ती गर्न सहज हुनेछ । साथै उनले सप्तकोसी सिमेन्टको गुणस्तरीयता र सहज आपूर्तीका कारण उक्त परियोजनामा सप्तकोसी सिमेन्ट प्रयोग भएको उनले बताए ।

वातावरणमैत्री आधुनिक क्लोज सर्किट प्रविधि प्रयोग गरि गुणस्तरीयता र सहज आपूर्तीलाई आत्मसाथ गर्दै प्रदेश नं. १ र २ मा सर्वाधिक आपूर्ती गर्दै आएको सप्तकोसी सिमेट उद्योग प्रा.लिले जनाएको छ ।

http://saptakoshicement.com


लोकप्रिय छुटाउनुभयो कि ?