Logo

डब्लूएचओले भन्यो : वुहानको समुद्री खानामा कोभिड-१९ फैलिएको थियो

                     
Logo 2021-02-06 06:02     Desk

13

काेराेना भाइरस । सांकेतिक तस्वीर

वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको जनाइको हो ।

कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीको बजारबाट यो विस्तार भएको अनुमान गरिएको डब्लूएचओका अधिकारीहरूलाई उद्धृत् गर्दै सिन्ह्वाले लेखेको समाचारमा जनाइएको छ । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न डब्लूएचओले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।

हालै उनीहरूले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यस क्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाको बजारबाट विस्तार भएको पाइएको अधिकारीहरूले बताएका छन्  । तर पनि यो संक्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरूले बताएका छन् । उनीहरूले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

डब्लूएचओको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए र उनीहरूले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?