Logo

ओली निर्वाचित अध्यक्ष हुन्, केन्द्रीय कमिटीले हटाउन सक्दैन : शंकर पोखरेल

                     
Logo 2021-02-06 05:02     Desk

13

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अंग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको उनले बताए । पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन वैशाखसम्म मात्र भएकाले वैशाखपछि सामान्य परिस्थिति हुने बताए ।

मुख्यमन्त्री पोखरेलले आफूले पार्टी जोगाउन अन्तिम प्रयास गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारणले पार्टी विभाजनतिर गएको आरोप लगाए । उनले सरकारले राम्रो काम गरेको हुनाले आगामी निर्वाचनमा जनताले फेरि पनि विश्वास गरेर जनमत दिने बताए । उनले केपी शर्मा ओली महाधिवेशनबाट नै अध्यक्षमा निर्वाचित भएकाले केन्द्रीय कमिटीले हटाउन नसक्ने दाबी गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?