Logo

करोडौँ ठगि गरि फरार भएका विराटनगरका पारखबाट एनआइसी एसिया बैंकले गर्यो ऋण असुली

                     
Logo 2021-02-05 11:02     Desk

13

विराटनगर, २३ माघ । विराटगरबाट करोडौंँ रुपैयाँ ठगि गरि फरार भएका व्यपारी रोहित पारखसँग एनआईसी एसिया बैंकले सुटुक्क ऋण अशुली गरेको छ । आफैंले अर्कालाई बहालमा दिएको गोदाममा राखिएकोे माल सामग्रीसमेत आफ्नो भनी बैंकलाई देखाएर बैंकबाट करोडौं कर्जा निकाली फरार भएका पारखसँग बैंकले सुटुक्क ऋण अशुली गरेको हो । विराटनगर–२ शनिहाट बस्दै आएका पारख झण्डै एक महिना अघिदेखि विराटनगरबाट बैंकको ऋण नतिरि फरार भएका थिए । यसैबीचमा उनलाई खोजेर ल्याइ बैंकको ऋण तिराइएको हो ।

उनी नेपालबाट भाग्नु भन्दाअघि मोरङको कटहरीस्थित भाडामा लगाएको गोदाम, जग्गा र गोदाम भित्र रहेको अर्कैको सम्पत्ति धितो राखेर एनआईसी एशिया बैंकको मिल्सएरिया शाखाबाट ६ करोड ५० लाख ऋण स्वीकृत गराएर सिटिजन बैंकको ५ करोड ५० लाख ऋण चुक्ता गरी बाँकी १ करोड लिएर परिवारसहित फरार भएका थिए ।

उनले श्रवण अग्रवाल र मुकेश अग्रवालले भाडामा लिएको गोदाम र गोदाममा रहेको झण्डै १० करोड मूल्य बराबरको सामान धितोमा राखेर एनआईसी एशिया बैंकबाट ऋण उठाएर भागेका थिए । उनी फरार भएपछि श्रवण अग्रवाल र मुकेश अग्रवाल ठूलो मर्कामा पर्ने स्थिति आएपछि उनलाई खोजेर ल्याइएको थियो ।

रोहितले पैसा नतिर्दा आफूहरू डुब्ने भएपछि श्रवण अग्रवाल र मुकेश अग्रवालले रोहितले खाएको ऋण एनआईसी एशिया बैंकलाई तिरेर आफ्ना नाममा ऋण सकार गरेका छन् । त्यसपछि एनआईसी एशिया बैंकले गोदाममा लगाएको ताला खोलिदिएको छ । सो गोदाममा राकेश सुरानाले पनि ताला लगाएकोमा उनले पाउने १० लाख रूपैयाँ पनि श्रवणहरूले नै तिरिदिएका छन् ।

रोहितको बदमासीका कारण श्रवण र मुकेशले एनआईसी एशिया बैंकको ६ करोड ५० लाख रूपैयाँ ऋण, त्यसको ब्याज १० लाख, राकेश सुरानाको १० लाख पनि तिर्नु परेको छ । त्यति नगर्दा श्रवण र मुकेश अग्रवालको १० करोड मूल्य बराबरको सामान नछुट्ने भएकाले सबै खर्च उनीहरूले नै व्यहोर्नु परेको हो ।

श्रवण र मुकेशले गोदाम घर र जग्गा पास गर्दा सरकारलाई तिर्नु पर्ने लाभकर वापत १३ लाख र रजिष्ट्रेशन पास गर्दा लाग्ने १५ लाख रूपैयाँ पनि तिर्नु परेको छ । मालपोत कार्यालयले डोर खटाएर यो सबै प्रक्रिया पूरा गरेको थियो भने रोहित माल अड्डामा नगैकन जग्गा र गोदाम नामसारी गरिएको थियो । समाचार स्रोतका अनुसार यो सबै काममा मोरङ व्यापार संघका पूर्वअध्यक्ष खेमचन्द जैनले सहयोग पुर्याएका थिए । त्यति भएपछि रोहितको पनि नेपाल फर्केर आउने बाटो खुलेको छ । उद्घोष दैनिकबाट साभार ।

https://youtu.be/NTYoaH0D_Cw


लोकप्रिय छुटाउनुभयो कि ?