Logo

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार : गृहमन्त्री

                     
Logo 2021-02-03 10:02     Desk

13

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले राजनीतिक स्थायित्वका निम्ति संसदको विघटन गरिएको बताएका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहनिकट अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति संसद् विघटन गरिएको बताएका हुन् ।

कम्युनिस्ट पार्टीलाई एकतावद्ध गर्न जनतामा जाने निर्णय गरेको पनि उनको भनाइ छ । जनतामा गएर मात्रै राजनीतिक स्थायित्व कायम गर्न सकिने उनले जिकिर गरे ।

विघटित संसद अस्थिरता जन्माउने संयन्त्रको रूपमा परिणत भएको उनको भनाइ छ । विघटित संसदले स्थायित्व दिन नसक्ने र त्यसको राजनीतिक औचित्य सिद्धिएका कारण संसदको विघटन गर्नुपर्ने आवश्यकता परेको उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?