Logo

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि आमहड्तालको घोषणा

                     
Logo 2021-02-03 03:02     Desk

13

नेकपा प्रचण्ड- माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई गति दिएकाले त्यसलाई रोक्न आमहड्ताल गर्नुपर्ने प्रष्टिकरण दिएको छ ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै त्यस समूहले प्रधानमन्त्री ओलीको नेतृत्वमा प्रतिगमनले तीव्रता पाएकाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्नु परेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै त्यस समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन्, 'सरकारले प्रतिगमनलाई तीव्रता दिने काम गरेको छ । असंवैधानिक तरिकाले संवैधानिक आयोगमा गरिएको नियुक्ति प्रतिगमनको अर्को श्रृंखला हो । मिर्मिरे उज्यालोमा उनीहरुलाई सपथ खुवाइएको छ । यसले प्रतिगमनलाई तीव्र गतिमा अघि बढाएकाले त्यसलाइ रोक्न हामीले आन्दोलनको कार्यक्रम घोषणा गरेका हौँ ।'

देशव्यापी आमहड्तालमा स्कुल, कलकारखाना र यातायात बन्द रहने भुसालले बताइन् । बुधबार साँझ देशव्यापी मसाल जुलुस गर्ने त्यस समूहको निर्णय छ ।


लोकप्रिय छुटाउनुभयो कि ?