Logo

नेकपा विवाद निरुपण नभएसम्म चुनाव हुन सक्दैन : झलनाथ खनाल

                     
Logo 2021-02-02 02:02     Desk

13

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले नेकपाको विवाद निरुपण नभएसम्म निर्वाचन सम्पन्न हुन नसक्ने बताएका छन् । मंगलबार निर्वाचन आयोगमा आफ्नो दलको आधिकारिकता दाबी गरेर फर्कने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका हुन् ।

‘अहिले हामी दलीय व्यवस्थामा छौं । दलहरुको बारेमा निरुपण नभइकन कुनै पनि चुनावहरु सम्पन्न हुन सक्दैनन्,’ उनले भने, ‘दलहरु नै निर्वाचनका मुख्य खेलाडीहरु हुन् । ती खेलाडीहरुलाई तयार नपारीकन कुनै निर्वाचन हुँदैन ।’ निर्वाचन आयोगले पनि दलहरुमा उत्पन्न विवाद निरुपणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

उनले आफूहरु नै आधिकारिक नेकपा भएको उल्लेख गर्दै निर्वाचन आयोगले स्वीकार गरेको ४४१ केन्द्रीय सदस्यमध्य आफ्नो पक्षमा ७० प्रतिशतभन्दा बढी सदस्यहरु रहेको बताए ।उनले आफूहरुले तथ्य, प्रमाणसहित निर्वाचन आयोगमा दाबी प्रस्तुत गरेको पनि जानकारी दिए । ‘हाम्रा सम्पूर्ण तथ्य, प्रमाण, निर्णयहरु, हाम्रो विधान सम्पूर्ण कुराहरुलाई राखेर हामीले दाबी प्रस्तुत गरेका छौं,’ उनले भने ।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपा भनेको अहिले कमरेड पुष्पकमल दाहाल प्रचण्ड र कमरेड माधव कुमार नेपाल दुईटा अध्यक्ष रहेको पार्टी नै आधिकारिक पार्टी हो भनेर हामीले दाबी प्रस्तुत गरेका छौं,’ उनको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?