Logo

यूएईले प्रभावशाली विदेशीलाई नागरिकता दिने

                     
Logo 2021-01-31 09:01     Desk

13

एजेन्सी, १८ माघ-संयुक्त अबर इमिरेट्स (यूएई) ले विदेशी नागरिकलाई पनि नागरिकता दिने कानून ल्याएको छ । यूएईले सक्षम व्यक्तिलाई नागरिकता दिन लागेको जनाएको छ । खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् भनेर नागरिकता दिने कानून ल्याइएको बताइएको छ।

यूएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतुमले नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिहरुमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकार तथा यस्तै केही प्रभावशाली हुनुपर्नेछ ।

उनले होनाहार विदेशी तथा उनको परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्ने जनाएका छन् । यूएईले नागरिकता लिनका लागि विदेशीहरुलाई जस्तो सर्त राखेको छ त्यसमा कम आय हुनेहरु फिट हुन सक्ने सम्भावना भने कमै देखिन्छ । शेख मोहम्मद बिन रशीद अल कमतुमका अनुसार यसको उद्देश्य ती व्यक्तिहरुलाई आकर्षित गर्नु हो जो युएईको विकास यात्रामा योगदान दिन सक्छन् ।

जसअनुसार यूएईको राजपरिवारका सदस्य वा अधिकारीले विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछन् । त्यसपछि त्यहाँको क्याबिनेटले यससम्बन्धी निर्णय लिने बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?