Logo

प्रचण्ड-माधव कि मोहन बैद्यको पार्टीमा जानुपर्यो, कि केपी ओलीलाई मानेर आउनुपर्यो : टोपबहादुर रायमाझी

                     
Logo 2021-01-30 09:01     Desk

13

काठमाडौं, माघ १७ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड र माधव नेपालसामू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने कि चुनाव बहिष्कार गरेर मोहन बैद्यको पार्टीमा सामेल हुने भन्ने दुई बिकल्प मात्रै रहेको ठोकुवा गर्नुभएको छ ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले यस्तो ठोकुवा गर्नुभएको हो । ‘प्रचण्ड र माधवले केपी ओलीलाई सकाउन दुईतिरबाट तरवार हान्नुभयो, केपीले लात्तीले फिस्स हानेर दुवैलाई सडकमा पुर्याइ दिनुभयो, अव उहाँहरुसामू दुईटा मात्रै बिकल्प छ,’ रायमाझीले भन्नुभयो, ‘अव प्रचण्ड–माधव कि चुनाव बहिष्कार गर्दै मोहन बैद्यको पार्टीमा जानुपर्यो, कि केपी अ‍ोलीलाई मानेर पार्टीमा आउनुपर्यो, यस्को बिकल्प छैन ।’


लोकप्रिय छुटाउनुभयो कि ?