Logo

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

                     
Logo 2021-01-29 11:01     Desk

13

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको भुरा बरामद गरेको हो ।

माछाको भुरा लोड गरेको WB25J0754 नं. को बलेरो पिकअप भारतीय ssb ले भारतबाट खेदाउने क्रममा नेपाल भारत दश गजामा ल्याई चालक फरार भई वेवारिसे अवस्थामा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले माछाको भुरा फेला पारी बरामद गरेको हो । बरामद गरिएको भुरा नष्ट गरिएको जिल्ला प्रहरी कायार्नलय मोरङले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?