Logo

सुनको मूल्यमा झिनो गिरावट

                     
Logo 2021-01-28 12:01     Desk

13

प्रतिनिधिमूलक तस्वीर

सुनको मूल्यमा झिनो गिरावट देखिएको छ । बिहीबार प्रतितोला एक सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन बुधबार प्रतितोलामा ९२ हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?