Logo

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

                     
Logo 2021-01-27 02:01     Desk

13

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।

समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?