Logo

शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैनः एनसिसि बैंक

                     
Logo 2021-01-25 09:01     Desk

13

काठमाडौंं, १२ माघ । एनसिसि बैंकले बैंकको शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य नभएको जनाएको छ। नेप्सेले आइतबार सोधेको स्पष्टिकरणमा बैंकको तर्फबाट शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय नभएको जनाएको हो।

नेपाल स्टक एक्सचेञ्जले आइतबार एनसिसि बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन निर्देशन दिएको थियो। तर, एनसिसि बैंकले भने त्यस्तो कुनै निर्णय नभएको जनाएको छ।

बैंकले लाभांश घोषणा सम्बन्धि सूचना नेप्सेलाई समयमा नै उपलब्ध गराएको जनाएको छ। त्यस्तै, साधारणसभाले मर्जर तथा एक्वीजसनमा जानको लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंक तथा वित्तीय संस्थासँग कुरा नभएको


लोकप्रिय छुटाउनुभयो कि ?