Logo

विराटनगर आइपुग्यो कोरोनाविरुद्धको खोप, प्रदेश १ मा ३५ हजारलाई लगाइने

                     
Logo 2021-01-25 12:01     Desk

13

विराटनगर, १२ माघ । भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप प्रदेश १ को राजधानी विराटनगर आइपुगेको छ । भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप नेपाल सरकारले ७ वटै प्रदेशमा पठाएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सो खोप विराटनगर आइसकेको र यतिबेला अनलोड गर्ने काम भइरहेको छ । प्रदेश १ का सबै १४ जिल्लामा खोप लगाइने र त्यसका लागि काठमाडौंबाट करिव ३७ हजार खोप आएको मन्त्रालयले जनाएको छ । ३७ हजार भ्याक्सिनमध्ये प्रदेश १ मा ३५ हजार जनालाई सरकारले पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

प्रदेश १ मा पहिलो चरणमा अग्रभागमा रहेर क्रियाशिल रहनेलाई खोप लगाउने र उक्त कार्य दश दिनभित्र गरिने जनाइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइने छ ।

पहिलो चरणमा खोप लगाएकाहरूले एक महिनापछि पुनः दोस्रो डोज लगाउनु पर्छ । कोरोना भ्याक्सिन भण्डारका लागि विराटनगरमा रहेको क्षेत्रीय स्टोरलाई प्रयोग गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?