Logo

रगत अभावको समस्या समाधानका लागि रक्तदान गर्न सभापति सिंहको आग्रह

                     
Logo 2021-01-25 11:01     Desk

13

विराटनगर, १२ माघ । दिनप्रती दिन बिराटनगर सहित मोरङका विभिन्न अस्पतालमा रगत अभावको समस्या बढी रहेको छ । रगत अभाव समस्या लाई न्युनिकरण गर्न १८ वर्ष उमेर पुगेका युवा युवतीलाई पहिलो पटक रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुबोध सिंहले आग्रह गरेका छन् ।

‘रक्तदान गर्ने मानिसले त रक्तदान कार्यक्रममा अथवा रक्तसञ्चार केन्द्रमा आएर दैनिक रुपमा रक्तदान गरेकै हुन्छ्न तर अब यो रगत अभाव समस्या लाई न्युनिकरण गर्न सबैले दैनिक रुपमा रक्तदान गर्नुपर्छ ।’ उनले भने,‘कसैले अहिले सम्म रक्तदान गर्नुभएको छैन भने रक्तदान गरेर रगत अभावको समस्या समाधान गर्न हाम्रो आग्रह छ ।’

उनले विभिन्न सामाजिक सघ सस्था एवम् कलेजहरुमा पनि पठनपाठन सुरु भइसकेकोले रक्तदान कार्यक्रमलाई अघि सार्न आग्रह गरेका छन् । रेडक्रस सोसाइटी परिवार जति बेला पनि रक्तदान कार्यक्रम को लागि समन्वय गर्न तयार रहेको रक्त सन्चार केन्द्र मोरङले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?