Logo

भारतीय पत्रकार अर्नव गोस्वामी प्रहरी फन्दामा ( भिडियो सहित )

                     
Logo 2020-11-04 07:11     अभिमन्यु अभिजित

13

नयाँ दिल्ली। कार्तिक १९

भारतमा बारम्बार विवादमा आइरहने पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । गोस्वामी रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका थिए। उनलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ।

तर रिपब्लिकन टेलिभिजनले गोस्वामीलाई घरैमा पुगेर प्रहरीले हातपात तथा लछारपछार गरेको आरोप लगाएको छ। त्यस्तै गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।

रिपब्लिकन टेलिभिजनले विज्ञप्ति जारी गर्दै बन्द भइसकेको मुद्दामा पक्राउ गरिएको आरोप लगाएको छ । रिपब्लिकन टेलिभिजनमा प्रसारित एक भिडियो क्लिपमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ ।

https://youtu.be/kbRE1X0nVBY

 

अहिलेसम्म भारतीय प्रहरीले भने अर्नबलाई पक्राउ पुष्टि गरेको छैन। उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएपनि कुनै कुरा खुलाएको छैन। गोस्वामीलाई उनकी आमालाई २०१८ मा आत्महत्या दुरुत्साहन गरेको आरोप लागेको छ।

नेपाल भारत सीमा क्षेत्रमा उत्पन्न विवादमा नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालसँग चर्काचर्की परेपछि उनी नेपालमा पनि आलोचित बन्दै आएका छन्। राष्ट्रिय - अन्तर्राष्ट्रिय मुद्दामा तथ्य रहित विवादमा अघि सर्ने गरेको भन्दै अन्य भारतका छिमेकी देशहरूमा पनि गोस्वामीको आलोचना हुने गरेको छ। एजेन्सी


लोकप्रिय छुटाउनुभयो कि ?