Logo

वीर अस्पतालका वरिष्ठ चिकित्सकहरूले दिए सामूहिक राजीनामा

                     
Logo 2020-11-04 04:11     अभिमन्यु अभिजित

13

Bir Hospital

काठमाडौं। कार्तिक १७

मुलुककाे जेठाे वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्। उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।

[caption id="attachment_9004" align="alignnone" width="650"] चिकित्सकहरूको सामूहिक राजीनामा पत्र[/caption]

उनीहरुले निरन्तररुपमा माग प्रशासन समक्ष राख्दा पनि सुनुवाई नभएको, ज्यालादारी भनेर दशैं तिहार भत्ता नदिएको, तलव कट्टा गरेर दिएको र उपयुक्त स्रोत सामग्रीहरु उपलब्ध नगराएकोले राजीनामा दिनु परेको पत्रमा उल्लेख गरेका छन्।

 

पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

 

 

उनीहरुले अस्पताल प्रशासनले गरेको व्यवहारबाट कोभिड–१९ सँग लड्ने मनोबलमा पनि गिरावट आएको उल्लेख पत्रमा गरेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?