Logo

विराटनगरमा होम आइसोलेसनमा बसेको सिफारिस लिन ५१० रुपैयाँ शुल्क

                     
Logo 2020-11-04 03:11     अभिमन्यु अभिजित

13

विराटनगर । कार्तिक १९

विराटनगर महानगरपालिकाले कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क लिन सुरु गरेको छ। कुनै संक्रमितलाई घरमै बसेको प्रमाणित गर्न महानगरले ५१० रुपैयाँ शुल्क लिन थालेको हो ।

[caption id="attachment_8985" align="alignnone" width="752"] तस्वीर- हाम्रोमत[/caption]

कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाले बिमा र कार्यालयमा बिदा प्रयोजनका लागि वडा कार्यालयको सिफारिस माग्ने गरेकामा यस्तो कुनै शुल्क लिएको थिएन। नगरपालिकाले सेवाग्राही मार्फत् ५१० रुपैयाँ लिएको खुलेको छ जसमा आम्दानी शीर्षकमा अन्य सिफारिस भनी खुलाइएको छ।

 

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पौडेलले हाम्रो विराटनगरसँग कुरा गर्दै नगर सभाले यसबारे शुल्क नतोकेको जनाएका छन्। यद्यपि नगरपालिकाले कोरोना बिमाका लागि व्यवस्थित बनाउनका लागि सिफारिस बापत प्रतिव्यक्ति दश रूपैयाँ लिने निर्णय भने गरेको पौडेलको भनाइ छ।

कुनै पनि वडालाई कोरोनाका बिषयमा अन्य शुल्क न तोकिएको स्पष्ट पार्दै शुल्क लिने वडाहरूमा नियमन गरी एकरूपता ल्याउने कोशिस गरिने पौडेलको जिकिर छ। शुल्क लिने नलिने नगर सभाले पारित गर्ने भएकाले यसबारे आफूले यसै गर्नू भन्न नमिल्ने पौडेलले बताए।

 


लोकप्रिय छुटाउनुभयो कि ?