Logo

बिमा रकम नपाएको गुनासो बढेपछि सातदिन भित्र दाबी गर्न निर्देशन

                     
Logo 2020-11-04 02:11     अभिमन्यु अभिजित

13

विराटनगर। कार्तिक १९

 

कोरोना संक्रमणका लागि बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन बिमा समितिले सबै कम्पनीहरुलाई निर्देशन दिएको छ । बिमाको नियामक निकाय बिमा समितिले सो निर्देशन दिएको हो।

 

केही बिमा कम्पनीले कोरोना संक्रमणको बिमा गराएका थिए । कोरोना लागेर निको भएपछि पनि सो बापत रकम नपाइएको व्यापक जनगुनासो बढेपछि समितिले यस्तो निर्देशन दिएको हो।

 

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कागजात पुर्याएर आउने सबैलाई भुक्तान गर्न निर्देशन दिइएको बताएका छन्। समितिले कोरोना पोजिटिभ देखिए प्रतिव्यक्ति पाँच सय बापत ५० हजार र एक हजार बापत १ लाख उपलब्ध गराउने जनाएको छ। सामूहिक बिमा गर्नेका हकमा भने पचास प्रतिशतसम्म छुट थियो।

 

कोरोना संक्रमण बढेपछि केही बिमा कम्पनी आतिएका कारण रकम भुक्तान गर्न बाँकी नै छ।


लोकप्रिय छुटाउनुभयो कि ?