Logo

विराटनगरमा १२० जना सहित प्रदेशभर ३६३ सङ्क्रमित थप

                     
Logo 2020-11-03 07:11     RSS

13

विराटनगर । कार्तिक १८

गत २४ घण्टाको अवधिमा प्रदेशभर ३६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमितमा मोरङमा १५६ मध्ये विराटनगरमा १२०, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुईदुई, पाँचथर, भोजपुर र तेह्रथुममा एकएक र प्रदेश बाहिरका १२ जना छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २० हजार १५४ पुगेको छ ।

विभिन्न अस्पताल तथा आइसोलेशननबाट आज १६० सङक्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या हालसम्म ११ हजार ७३६ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ६३ हजार ४९९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?