Logo

नियन्त्रीत लागुऔषध सहित सुनसरीबाट ५ जना पक्राउ

                     
Logo 2020-11-03 05:11     Hamro Biratnagar

13

सुनसरी, कार्तिक १८ गते ।

नियन्त्रीत लागुऔषध सहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले Dialex-Dc 100ML को ४७ बोतल सहित भारतिय नागरीकहरु १९ बर्षीय महेश कुमार मेहेता र सुरेश कुमार गुप्ता तथा कोशी गाँउपालिका-१ का मनिष यादवलाई कोशी गाउँपालिका-१ बाट सोमवार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी ईनरुवा नगरपालिका-४ बाट लागुऔषध नाईट्रोसन ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ईनरुवाबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-१ का २८ बर्षीय नुनुलाल उराव र रामधुनी नगरपालिका-३ का २५ बर्षीय नफिल मियालाई ८ ट्याब्लेट नाईट्रोसन सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?