Logo

चारकोसे झाडीमा ठक्कर दिएर सवारी फरार- पैदलयात्रीको मृत्यु 

                     
Logo 2020-11-03 03:11     अभिमन्यु अभिजित

13

इटहरी। कार्तिक १८

सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेका एक पैदलयात्रीको तरहराको चारकोसे जङ्गलमा सवारीको ठक्करबाट ज्यान गएको छ।

 

मङ्गलबार बिहानै धरान ८ चारकोशे झाडीमा दुर्घटनामा सनाखत हुन नसकेकख अन्दाजी २८-२९ बर्षीय पुरुषको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

ट्राफिक प्रहरीका अनुसार कुन सवारीसाधनले ठक्कर दिएको भन्ने खुलेको छैन, सवारीसाधन फरार रहेको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठानमा पठाइएको थियो।

 

मृतक पुरुष घाँस दाउराका लागि पैदल जङ्गलतिर जाँदै गरेको वा मर्निङ्ग वाकमा जानेहरूमध्ये कोही हुनसक्ने अनुमान गरिएको छ।

 

फरार सवारीबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?