Logo

विराटनगरमा समाजवादीका नेता इस्बो सहित दुई जनाको ज्यान गयो

                     
Logo 2020-11-03 02:11     अभिमन्यु अभिजित

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर । कार्तिक १८

विराटनगरमा रहेको न्युरो कोभिड-१९ अस्पतालमा मङ्गलबार दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा विराटनगर ११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको रहेको न्यूरोका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले बताए।

मङ्गलबार बिहान करीब ३ः३० बजे धरानका पुरुष र अन्दाजी ३ः५० बजे विराटनगरको पुरुषको मृत्यु भएको बताइएको छ । गत असोज २७ गते कोरोना पोजेटिभ देखिएर कार्तिक १२ गते अस्पताल भर्ना भएका थिए।

मृतक पुरुष जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्ब रहेका छन्  । उनी पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लड्दै आएका थिए। धरानमा सामाजिक काममा अग्रसर नेता लिम्बूमा निमोनियाको समस्या समेत देखिएको थियो।

अर्का कात्तिक १४ गते स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?