Logo

जबर्जस्ती करणीको आरोपमा मोरङबाट तीन जना पक्राउ

                     
Logo 2020-11-02 07:11     अभिमन्यु अभिजित

13

तस्वीर- जिल्ला प्रहरी कार्यालय मोरङ

विराटनगर। कार्तिक १७

जिल्ला प्रहरी कार्यालय मोरङले जबर्जस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा तीनै जना पुरुषहरू छन्।

मोरङको बेलबारीकी १४ बर्षे किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बेलबारी - ३ का २१ बर्षका सुमन भनिने सुकमान तामाङ तथा उनका सहयोगी सोही ठाउँका ५० बर्षीय चक्रबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका दुवैलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा गत १४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मोरङकै ग्रामथान गाउँपालिकाकी २१ बर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ग्रामथान- २ का ४० बर्षका जुमेश सरदार पक्राउ परेका छन्।

झोराहाटबाट पक्राउ परेका सरदार सहित अन्य दुईलाई जबर्जस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय मोरङले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?