Logo

विभत्स हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

                     
Logo 2020-11-02 07:11     अभिमन्यु अभिजित

13

काभ्रे। कार्तिक १७

काभ्रे जिल्लामा हत्या गरिएको अवस्थामा एक पुरूषको शव फेला परेको छ। जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो एक पुरूषको शव फेला परेको थियो।

अन्दाजी ३५ बर्षका पुरुषको शव वडा कार्यालय आसपासमै भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पुरूषको सनाखत भने हुन सकेको छैन। 'सनाखत नहुँदा अनुसन्धान अघि बढाउन समस्या भएको छ,' थापाले भने,'कसैले पहिचान गर्न सकेमा अनुसन्धान गर्न सहज हुन्छ भनेर हामीले तस्विर पनि सार्वजनिक गरेका छौं।'

थापाका अनुसार ती पुरूषको टाउकोमा काठले हानेर हत्या गरिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए। अहिले मृतकको शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?