Logo

कोरोनाको निशुल्क उपचारसम्बन्धी परमादेश पालना नगरेको भन्दै स्वास्थ्य मन्त्री विरुद्ध मुद्दा

                     
Logo 2020-11-02 07:11     अभिमन्यु अभिजित

13

विराटनगर । कार्तिक १७

सर्वोच्चको आदेश विरुद्ध 'कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने'निर्णयलाई लिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको छ ।

अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा १५ असोजको फैसलाको उल्लंघन भएको दाबी सहित अवहेलना मुद्दा दायर भएको हो।

सर्वोच्च अदालतले गत असोज १५ मा कोभिड–१९ सँग सम्बन्धित प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सबै कार्य निःशुल्क गर्न परमादेश जारी गरेको थियो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने २ कात्तिकमा मन्त्रिपरिषद्को १९ असोजको निर्णयअनुसार भन्दै बिपन्न, असहाय, अति अपाङ्गगता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रन्टलाइनरमा लक्षण भए परीक्षण र उपचार निःशुल्क गर्ने तर अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो।

सोही प्रतिफल स्वरूप अहिले सरकारी अस्पतालहरुले समेत धमाधम धरौटी रकम जम्मा गराउन तथा धरौटी नराख्नेहरूलाई भर्ना लिन छोडेका छन्। यो सर्वोच्चको निर्णय विरुद्ध भन्दै मुद्दा दायर भएको हो।

स्वास्थ्य मन्त्रीलाई एक बर्ष कैद तथा १० हजार जरिवानाको माग गरिएको छ भने परमादेश तत्काल कार्यान्वयनका लागि माग पनि भएको छ।

यद्यपि सरकारले भने निशुल्क उपचार गर्न दिएको परमादेश पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?