Logo

अपहरण अभियोगमा कारागार चलान

                     
Logo 2020-11-02 06:11     RSS

13

सांकेतिक तस्वीर

झापा। कार्तिक १७

जिल्ला अदालतबाट मानव अपहरण मुद्धामा दुई वर्षअघि १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवाना तोकिएका फरार अभियुक्त नरेश मेचे पक्राउ परी कारगार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १२ निवासी अभियुक्त मेचेलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला अदालतको आदेशले अभियुक्तलाई कैद सजायका लागि आइतबार चन्द्रगढी कारागार चलान गरिएको हो ।

सुनिलकुमार अग्रवालको जाहेरीले मानव अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा निज मेचेलाई २०७५ फागुन २७ गते अदालतले कैद तथा जरिवाना सजाय तोकेको थियो ।रासस


लोकप्रिय छुटाउनुभयो कि ?