Logo

विराटनगरमा ३७ सहित प्रदेशमा २५९ संक्रमण, ४४९ जना डिस्चार्ज

                     
Logo 2020-11-02 05:11     अभिमन्यु अभिजित

13

विराटनगर । कार्तिक १७

मोरङको विराटनगरमा ३७ जना सहित प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लागत तथ्याङ्क सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको छ।

 

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१ जना थपिएका छन्।

 

मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

प्रदेशकै झापा जिल्लाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

उता उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१ जना छन्।

 

साथै धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ ।

 

प्रदेशमा आज ४४९ जना डिस्चार्ज भएका छन् । जसमा होम आईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

 

प्रदेशमा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएकोमा ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो मन्त्रालयले सार्वजनिक गरेको छ।

 

हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार पाँच जनाले ज्यान गुमाएसँगै कूल मृतकको संख्या १९२ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?