Logo

विराटनगरमा थप  दुई जना संक्रमितको मृत्यु

                     
Logo 2020-11-02 11:11     Hamro Biratnagar

13

प्रतिनिधिमूलक तस्वीर

विराटनगर ।

पछिल्लो २४ घण्टामा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक-एक जनाको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर –३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको र अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी नोबेल शिक्षण अस्पतालमा दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको र अस्पतालका प्रबन्धक नारायण दाहाल अनुसार कोरोना देखिएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना रिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?