Logo

देशभर २८२४ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

                     
Logo 2020-11-01 04:11     अभिमन्यु अभिजित

13

विराटनगर । कार्तिक १६

नेपालमा आज थप २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २३ जनाको परीक्षणमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

योसंँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ। जसमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

 

आज नेपालमा थप २२ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।

आज देशभर थप २३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?