Logo

आफ्नै छोराद्वारा आमाको हत्या

                     
Logo 2020-11-01 01:11     Hamro Biratnagar

13

सिरहा, २०७७ कात्तिक १५ गते ।

जिल्ला सिरहा कर्जन्हा नगरपालिका-३ खैराटोल बस्ने बर्ष ४७ को राम अवतार साह सोनारले घरायसी झै-झगडाको कारण निजकै आमा बर्ष ८५ की सुदामा देवी साहलाई मिति २०७७।०७।११ गते घाँटी थिची घाईते बनाई सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुर स्थित राम जानकी मेडिकलमा जाँच गराउदा निजको अवस्थामा सुधार नआएर झन् गम्भिर भई, मिति २०७७।०७।१५ गते पुन उपचारको लागि जिल्ला अस्पताल सिरहामा ल्याई उपचार गराउने क्रममा १५:४५ बजेको समयमा निज सुदामा देवीको मृत्यु भएको र घाँटी थिची कुटपिट गर्ने निजको छोरा राम अवतार साहसोनारलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा अनुसन्धान कार्य भई रहेको ।


लोकप्रिय छुटाउनुभयो कि ?