बिराटनगर कार्तिक ५
विराटनगर महानगरकाे मेयरले अफ्नाे पाँच बर्षकाे सेवा सुविधा नलिने घाेषणा गरेकाे कुरा सर्वविद्दितै छ ।
पहिलाे र दास्राे बर्षकाे सेवा सुविधा सयपत्री प्र.वि , जागृती मा. वि , दुई अागलागी पिडित र क्यान्सर पिडित , तेस्राे वर्षकाे काेराेना राहात काेष र चाैथाे वर्षकाे पि.सि.अार मेसिन खरिद जस्ताे समाजिक कार्यमा मेयरले पाउने सम्पुर्ण सेवा सुविधा सहयाेग गरि उदाहरणीय कार्य गरिरहनु भएकाे छ । यस सकरात्मक कार्यकाे जति प्रशंसा गरे पनि कम हुन्छ ।
सक्रिय राजनिति सुरु गर्दा गर्दै युवा अवस्थामा नै विभिन्न व्यपार, व्यवसाय सुरु गर्नाले राजनितिलाई पेशा हैन सेवा वनाउने याे सुसंस्कारले युवाहरुलाई अझ प्रेरणा मिलेकाे छ ।