विराटनगर। कार्तिक ०४
जिल्ला प्रहरी कार्यालय मोरङले करीब दश लाख बराबरको पटका लगायत भन्सार छलीका सामान बरामद गरी सार्वजनिक गरेको छ।
सोमबार विज्ञप्ति मार्फत जानकारी गराएको प्रहरीले अवैध रूपमा भन्सार छली भित्र्याइएका सामाग्री तथा संलग्नलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कटहरी गाउँपालिका ०४ का ३६ बर्षीय दिलीपकुमार सहनी रहेका छन्।
चाडपर्वलाई लक्षित गरी करीब दशलाख मूल्य बराबरको आतिसबाजी (पटका), विभिन्न खाद्यान्न एवं लत्ता कपडा बरामद गरी भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ।