नयाँ दिल्ली । असाेज २९
भारतको हरियाणा राज्यमा एक पुरूषले आफ्नी ३५ वर्षीया पत्नीलाई विगत डेढ वर्षदेखि ट्वाइलेटमा अमानवीय तरिकाले बन्द गरेर राखेको खुलेकाे छ ।
हरियाणाको पानिपत जिल्ला ऋशपुर गाउँमा अवस्थामा राखिएकी ती महिलालाई जिल्लाको महिला तथा बाल कल्याण विभागका अधिकारीले बुधबार उद्दार गरेको हाे । भारतकाे हिन्दुस्तान टाइम्सका अनुसार पीडित महिलाका ३ सन्तान छन्। उद्धारपछि ती महिलालाई नागरिक अस्पताल लिएको थियोभने हाल उनलाई उनी भतिजको जिम्मामा छिन् ।
महिलालाई बन्धक बनाएर राखिएको सूचना पाएपछि जिल्ला महिला संरक्षक अधिकारीका साथ प्रहरीले उद्धार गरकाे बताइएकाे छ।
उक्त महिलाका पति कुमारले श्रीमतीको मानसिक अवस्था ठिक नभएको दाबी गरेका छन् तैपनि परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरूको उत्तर दिएको बताएका छन् ।
पक्राउ परेका उनका पतिविरुद्ध कानुनबमाेजिम कारबाही पक्रिया अघि बढाइएकाे छ ।