सरोकारवाला निकाय मौन
झापा । असाेज २८
झापाको बुद्धशान्ति-मेचिनगरको आसपासमा विगत चार महिनादेखि एउटा अन्धो हात्ती अलपत्र छ ।
अन्धो यति सम्मकी ऊ दुबै अँखा देख्न सक्दैन भने उस्का गर्धन र पासुलाका मासुहरू पनि कुहिएका छन्। निधारमा प्राय प्वाल छन् , कनसिरीमा गोलि लागेको छ।
छेउमा पुग्दा काचो खुन र मासु कुहिएको गनाउँछ । सम्बन्धित निकायलाई जनकारी गराएको २ महिना माथि भएपनि रेस्क्यु टोलि आउने कथा पनि क्षितिजको तुवाँलो जस्तै बनेको छ ।
पछिल्लो पटक यस हात्तीमा तस्करी हुने संभावना बढेको कुरा ब्रगेल्ती चल्दैछ। "तसर्थ: हामी बोल्नै पर्ने भएको छ उर्फ बोल्दैछौं'' - स्थानीय सन्तोष नेपालले भने।
उनले हाम्रो विराटनगरसँग भने-
किन उद्धार गर्न राज्य सक्रिय छैन ?
कि हाम्रो राज्यसँग यस्को उद्धार गर्न सक्ने प्रविधि छैन ?
या अघिल्लो पटक मेचिनगरमा जस्तै दारा काट्न आतुर छ सरकार ?
अनि बजारमा चलिरहेको तस्करीको हल्ला कति सत्य हो ?
तस्करीको हल्ला चल्दा समेत राज्य किन चुप छ ?
तस्करीको हल्ला र राज्यको मौनतालाई हामिले कसरी बुझ्ने ?
कतै तस्कर र सम्बन्धित निकायको साँठगाँठ त छैन ?
छैन भने किन यो हात्तिको उद्धार हुन सकेको छैन ?
हामी जंगलमै जन्मियौं जंगलमै हुर्कियौं तसर्थ जंगली बन्यजन्तु संग हाम्रो अगाध प्रेम छ । यस्लाई डोहोर्याउन , पाल्न र उपचार गर्न सक्ने वा मिल्ने भए हामी गर्थ्यौँ अथवा कसैलाई गुहार्ने थिएनौं। हामी निहत्था छौं र यस हात्तिको बिजोग छ। अविलम्ब सम्बन्धित पक्षको ध्यान जाओस्।
यसबारे बुझ्न पटक पटक फाेन गर्दा समेत डिभिजन वन कार्यालय झापाकाे फाेन उठेन ।