गत २४ घण्टामा नेपालभर जम्मा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेकाे छ ।
एक लाख संक्रमित पुग्दा मृतककाे संख्या पनि ६०० पुगेकाे छ ।