Logo

गजल ।। विराेध खतिवडा

                     
Logo 2020-10-03 03:10     अभिमन्यु अभिजित

13

हुनसक्छ सायद केही सम्झेर हाँस्यो

मलाई हेरिरह्यो अनि केही बेर हाँस्यो ।

 

*********************

मन यत्ति कारणले हो दुखेको मेरो,

पीडामा थिएँ तब उ त्यति खेर हाँस्यो ।

******************

 

कति थकित रहेछ उ जिन्दगीदेखि,

हो एउटा लास चिहान पसेर हाँस्यो।

******************

 

बचिरह्यो ईज्जत छोरो हुनाले नत्र,

आजन्म यो मन रुन नमिलेर हाँस्यो।।   

 

 उदयपुर

हाल सिंहदरबार, काठमाण्डाैँ


लोकप्रिय छुटाउनुभयो कि ?