विराटनगर । असोज १६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा भएको नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज फेरी हुँदैछ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दाको इजलास अाज फेरि हुदैछ ।
बुधबारको इजलासमा निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरि उप्रेतीलगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसकेका छन् ।
अाज हुने बहसमा गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले बहस गर्ने बताइएको छ ।