Logo

अस्पतालबाटै कोरोना संक्रमित कैदी भागेपछि

                     
Logo 2020-09-25 11:09     Hamro Biratnagar

13

विराटनगर । असोज ९

स्याङ्जाका एक कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत कैदी गएराति आइसोलेसनबाटै भागेका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको कालिका सामुदायिक अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोगमा पक्राउ परेर उनलाई भाद्र २८ गते कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरेर आइसोलेसनमा उपचार गरिरहेका उनी राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले सम्भावना बढेको छ । अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?