Logo

मोरङ-सुनसरी र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको छलफल

                     
Logo 2020-09-24 04:09     Hamro Biratnagar

13

विराटनगर । असोज ८

बुधबार मोरङ-सुनसरी र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको छलफलमा खुला सीमाका कारण भारतबाट हुने अवैध हतियार लागूऔषध र अन्य सामाग्रीको तस्करी रोक्न नेपाली सुरक्षा निकायले भारतीय सुरक्षा अधिकारीहरुसँग अाग्रह गरेको छ भने भारतीय अधिकारीहरुले नेपालबाट हुने मदिरा ओसारपसार र कालोधन ओसारपसारमा नियन्त्रण गरिदिन आग्रह गरेको छ ।

भारतसँगको खुला सीमाका कारण मोरङ, सुनसरी र झापा जिल्लाको साझा समस्या लागूऔषध, हातहतियार खाद्यान्न र लत्ताकपडा तस्करी हो ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण सीमावर्ती क्षेत्रमा रहेका रक्सीभट्टीबाट भारततर्फ मदिरा तस्करी हुने गरेकोले मदिराको तस्करी रोकिदिन छलफलमा भारतीय सुरक्षा अधिकारीहरुले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाएका छन् । छलफलमा दुवै देशका अधिकारीहरुले अपराध नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरेको खड्काले बताएका छन् ।

बैठकमा भारतीय अधिकारीहरुले सीमा अपराध, सीमा स्तम्भ, मानव बेचबिखन, चौपायाको तस्करी रोक्न सहकार्य गर्ने र विहारमा निकट भविष्यमा हुने निर्वाचनका लागि सहयोग गर्न नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?