Logo

अनसनरत डा. केसीको समाचार संकलनमा पत्रकारलाई रोक

                     
Logo 2020-09-23 06:09     अभिमन्यु अभिजित

13

विराटनगर । असोज ७

चिकित्सा शिक्षा सुधारका लागि जुम्लाबाट १९औँ पटकको अनसन सुरु गरी काठमांडौको त्रिवि शिक्षण अस्पतालमा अनसनलाई निरन्तरता दिएका डा. गोविन्द केसीबारे समाचार संकलनका लागि पूगेका पत्रकारलाई “माथिको आदेश” भन्दै अस्पताल प्रशासनले अस्पताल प्रवेशमा रोक लगाएको छ ।

पत्रकार परिचयपत्र बोकेका पत्रकारलाई समेत अस्पतालका सुरक्षाकर्मीले आज अपराह्न गेटमै रोकेका थिए । पत्रकारलाई अनसनस्थलमा प्रवेश नदिएको भन्दै डा.केसीले रोष प्रकट गरेका छन् ।

पटक पटक अनसन बस्दै आएका डा. केसीले पछिल्लो पटक गत भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेकोमा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?